
News2026-07-01
निजी विद्यालयभन्दा कम छैन भानुजन मावि
ताप्लेजुङको फुङलिङ नगरपालिका–४ अम्बिटरस्थित भानुजन माध्यमिक विद्यालय सुविधासम्पन्न निजी विद्यालयभन्दा कम छैन । जसकारण यहाँ भर्ना हुन चाहने विद्यार्थीको संख्या धेरै छ । विद्यालयमा सुविधासम्पन्न र भव्य भवनहरू निर्माण भएका छन् । कक्षाकोठा, खेलमैदान र शौचालय व्यवस्थित तथा आकर्षक बनाइएको छ । प्रयोगात्मक शिक्षण सिकाइका लागि प्रयोगशाला स्थापना गरिएको छ ।
Read More →