निजी विद्यालयभन्दा कम छैन भानुजन मावि
Home / Blog

निजी विद्यालयभन्दा कम छैन भानुजन मावि

निजी विद्यालयभन्दा कम छैन भानुजन मावि
News2026-07-01

निजी विद्यालयभन्दा कम छैन भानुजन मावि

ताप्लेजुङको फुङलिङ नगरपालिका–४ अम्बिटरस्थित भानुजन माध्यमिक विद्यालय सुविधासम्पन्न निजी विद्यालयभन्दा कम छैन । जसकारण यहाँ भर्ना हुन चाहने विद्यार्थीको संख्या धेरै छ । विद्यालयमा सुविधासम्पन्न र भव्य भवनहरू निर्माण भएका छन् । कक्षाकोठा, खेलमैदान र शौचालय व्यवस्थित तथा आकर्षक बनाइएको छ । प्रयोगात्मक शिक्षण सिकाइका लागि प्रयोगशाला स्थापना गरिएको छ ।

स्थानीय समुदाय, प्रधानाध्यापक, शिक्षक, अभिभावक र व्यवस्थापन समितिको कुशल नेतृत्वदायी भूमिकाका कारण विद्यालयले भौतिक पूर्वाधार निर्माण गर्न सफल भएको व्यावस्थापन समितिका अध्यक्ष सागर मादेनले बताए । सुविधासम्पन्न भवन बनेसँगै पठनपाठनमा सहज भएको छ । सदरमुकामआसपास रहेको यस विद्यालयमा निजी विद्यालयबाट विद्यार्थी जाने क्रम बढेको छ ।

साधारणतर्फ कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स, विज्ञान, पर्यटन तथा पर्वतारोहण, शिक्षा, संगीत र मेनेजमेन्ट विषयतर्फको पठनपाठन हुन्छ । यस विद्यालयमा अंग्रेजी तथा नेपाली माध्यममा कक्षा १२ सम्म नै पढाइ हुने भएकाले दुई हजार चार सय विद्यार्थी रहेका छन् । विद्यालयमा अंग्रेजी माध्यमको पढाइका लागि १५ दिन मात्रै भर्ना खोलिने गरेको प्रधानाध्यापक किशोर राईले बताए ।

विद्यालयमा पछिल्ला ६ वर्षयता सरकारी, गैरसरकारी र नेपाल सरकारको सहयोग जुटाएर करिब २० करोड रुपैयाँ लागतमा भवन बनाइएको थियो । यस भवनमा इन्जिनियरिङ उपकरण, कम्प्युटर, आइसिटी उपकरण, बाद्यवादन राखिएको प्रधानाध्यापक राईले बताए । समुदायको एकता र सरोकारवाला निकायको निरन्तर सहयोगका कारण विद्यालय यो स्थानमा आइपुगेको उनले बताए ।

ह्युमेन प्राक्टिस फाउन्डेसन नेपाल, भारतीय दूतावास, गोर्खा वेलफेयर ट्रस्ट ताप्लेजुङ, वन मन्त्रालय, उद्योग तथा वातावरण मन्त्रालय, पर्यटन तथा नागरिक मन्त्रालय, शिक्षा तथा सामाजिक मन्त्रालय, युवा तथा रोजगार मन्त्रालय, एनसेल नेपाललगायतका सरकारी तथा गैरसकारी संघसंस्थाबाट भौतिक तथा शैक्षिक क्षेत्रमा सहयोग भइरहेको उनले बताए । source:https://www.nayapatrikadaily.com/news-details/91782/2022-07-25

Share this post:

Related Posts

View All Posts

Search

More from Blog